Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालटुकोनको राष्ट्रिय सम्मेलन असोजमा

टुकोनको राष्ट्रिय सम्मेलन असोजमा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को आज सम्पन्न केन्द्रीय पदाधिकारीहरूको बैठकले आगामी असोजको ५ गते श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ।

६६ जिल्लामा संगठन फैलाएको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ।
महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी साउन ५ गते राप्रपा नेपाल निकट जनवर्गीय संगठनको संयुक्त आन्दोलनमा उल्लेखनीय सहभागिता जनाउने निर्णय गरेको छ।

श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। यो वर्ष श्रमिकहरुको ‘न्यूनतम पारिश्रमिक वृद्धि वर्ष’ भएकोले महासंघले प्रस्ताव गरे बमोजिम पारिश्रमिक वृद्धि नगरीए कडा आन्दोलन गने चेतावनी समेत दिएको छ।

आजको सो बैठकले लामो समय परराष्ट्र सेवामा संलग्न भई सरकारी सेवाबाट निवृत्त भएका राजाराम वर्तौला चुनेली (मकवानपुर)लाई महासंघको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ। यसैगरी श्रमिक आन्दोलनमा निरन्तर संलग्न श्रमिक अगुवा, यातायात श्रमिकमा क्रियाशिल व्यक्तित्व एवं सञ्चारकर्मी दिपक खड्का (मकवानपुर) ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)मा समाहित भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

Techie IT