गृहपृष्ठ ∕ नेपाल ∕ बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहतबाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ११:०४ मा प्रकाशित नेपाल कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गरेका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो । #बाघको आक्रमण #राहत रकमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएकोधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal