Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसासको मञ्चमा युगकवि सिद्धिचरण

अनेसासको मञ्चमा युगकवि सिद्धिचरण


काठमाडौँ। अनेसासले स्थापना कालदेखि नै अग्रज साहित्यकारहरूको सम्मानमा कार्यक्रम गर्दै आएको छ। यसैको निरन्तरता स्वरुप शनिवार युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झने कार्य गरेको छ।

नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका प्रवर्तक मानिने कवि श्रेष्ठका बारेमा प्रा।डा। सावित्री मल्ल कक्षपति, डा. फडिन्द्रराज निरौला, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, सल्लाहकार भारती गौतम, बिओटी सल्लाहकार तीर्थराज अधिकारी, पूर्व अध्यक्ष मोहन सिटौला, रविचरण श्रेष्ठलगायतले सिद्धिचरणका बारेमा मन्तव्य राखे।

कार्यक्रममा सभापति तथा अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले युगकविको सम्मान अनेसासको स्थापना कालदेखि नै कार्यक्रम गदै आएको बताउदै सबै च्याप्टरले महत्वका साथ कार्यक्रम गर्न अनुरोध गरे।

अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी, साहित्यकारहरू रजनी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, गीता बजगाईं, तारा उप्रेती, मदनराज थापा, मीरा कोइराला,खेम रिजाललगायतले युगकविको सिर्जना वाचकका साथै सम्मान व्यक्त गरिएको उक्त कार्यक्रम अनेसास संवादको सिजन तीन को ३५ औँ शृङ्खला हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

Techie IT