Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यपत्रकार विमल नेपालको ‘पीपला’ सार्वजनिक

पत्रकार विमल नेपालको ‘पीपला’ सार्वजनिक


काठमाडौँ। पत्रकार एवं साहित्यकार विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो ।

कार्यक्रममा समीक्षक ज्ञानु अधिकारीले ग्रामीण क्षेत्रको जीवनशैली, माओवादी सशस्त्र युद्धकालीन परिवेश र त्यसले पारेको प्रभाव उपन्यासमा समेटिएको बताइन्।

अधिकारीले ‘पीपला’को कथा २० वर्षअघिको भए पनि अहिलेको समयमा अति नै सान्दर्भिक रहेको बताइन्। ‘अहिलेको परिवेश पनि उत्तिकै सान्दर्भिक छ।

उपन्यासमा पाठकले आफूले बाँचेर आएको समयलाई भेटाउँछन्। उपन्यास पढ्दा पाठक आफैँलाई आफू भएको अनुभूति गराउँछ। हामी सबैले बाँचेको जीवन छ। हामी सबैले अनुभव गरेर आएको समयको कथा हो,’ उनले भनिन्।

कार्यक्रममा समीक्षक राजकुमार बानियाँ र उपन्यासकार नयनराज पाण्डले पुस्तकबारे टिप्पणी गर्दै लेखकलाई शुभकामना दिएका थिए। लेखक नेपालले आफूले भोगेको परिवेशलाई नियालेर पीपला तयार गरेको बताए।

कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएकी ‘पीपला’ नामक पात्रले युद्धका दौरान र शान्ति प्रक्रियापछि समाजमा पुनस्थापित हुन गर्नुपरेका संघर्षलाई उपन्यासमा प्रस्तुत गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

Techie IT