Techie IT
२०८२ वैशाख २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण


लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ ।

गण्डकी प्रदेश, पर्यटन मन्त्रालयबाट २० लाख, सामाजिक विकास मन्त्रालयबाट चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट तीन लाखको लागतमा उद्यानको संरचना निर्माण गरिएको हो ।

उद्यान निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङले उद्यानमा राष्ट्रकविको जीवन दर्शन, साहित्य साधना र राष्ट्रिय योगदानको प्रतीक राखिएको जानकारी दिए । उनका अनुसार राष्ट्रकविले बाल्यकालमा खेल्नेबस्ने गरेको उपलटाउको चौतारा संरक्षण समेत भइरहेको छ । नवनिर्मित उद्यान तथा सालिकको राष्ट्रपति रामचन्द्र पौडेलले आज अनावरण तथा शुभारम्भ गर्नुहुने राष्ट्रकवि प्रतिष्ठान तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरले जानकारी दिए। राष्ट्रकविले नेपाली साहित्यमा पुर्‍याएको योगदान अतुलनीय रहेको र त्यही योगदानको स्मृति र सम्मानस्वरूप घिमिरेको जन्मथलोमा उद्यान निर्माण काम अघि बढाइएको उनले बताए।

राष्ट्रकवि माधव घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । नेपाली साहित्यमा गम्भीर साधनारत रहेका घिमिरेले कविता, गीत, गीतिनाटक, निवन्ध, नाटक, बालसाहित्य लगायत विधामा विशिष्ट योगदान दिएका थिए । जीवनकालभरि उनले साहित्य सेवा मार्फत राष्ट्रिय भावनालाई सशक्त बताएका थिए । ‘गौरी’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’, ‘अन्तरक्रिया’, ‘भारती’, ‘सकुन्तला’लगायत कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

Techie IT