Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्य‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता


काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ ।

माथि माथि शैलुङुगेमा,तिमी तारेभीर,राई माइलाले गाउँ छोड्यो रे.. जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्,‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’

फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए । उनले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’ निर्देशक लामा मुकारुङका कविताहरुले आफ्नो फिल्मको पात्र र परिबेशलाई न्याय मिलेको दावी गर्दछन । मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ ।

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई,आँचल शर्मा,अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन । आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुदैछ । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय

एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्यूब ग्यालरीमा एक महिनाको आवासीय

Techie IT