Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक

ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक


पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ ।

गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो ।

कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राखे । उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राखे । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।

गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।

जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ प्रकाशित

काठमाडौँ । साहित्यकार चूडामणि बन्धुको यात्राकृति ‘यात्रा र संस्मरण’ प्रकाशित भएको छ । यस कृतिभित्र साहित्यकार बन्धुले लेखेका २०३० सालदेखि

बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् । शाक्यले प्रधानमन्त्री

गजलकार खिम केसीको ‘लोरी’को काठमाडौँमा परिचर्चा

काठमाडौँ । गजलकार खिम केसीको हालै प्रकाशित गजल संग्रह ‘लोरी’को काठमाडौँमा परिचर्चा भएको छ । शनिबार गजलकार ज्ञानुवाकर पौडेल, शीतल

लालबन्दी नगर वाङ्मय परिषद्ले गर्‍यो १० पुस्तकको सूची सार्वजनिक

काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची

अमेरिकामा अनेसासको कविता महोत्सब

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक

काठमाडौँ । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ । कलमपोखरीको सिटी सेन्टरस्थित फुड

Techie IT