Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसाहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणमा काम गर्न सकिन्छः मन्त्री चौधरी

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणमा काम गर्न सकिन्छः मन्त्री चौधरी


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताएकी छन् ।

काठमाडौँमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत न्यू योर्क राइटर्स वर्कसप इन काठमाडौँलाईलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन् । विश्वका १० देशबाट सहभागी लेखक, साहित्यकार तथा कविहरूलाई नेपालमा स्वागत गर्दै उनले आजको मानवीय आवश्यकताको संरक्षणमा साहित्यको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे ।

‘विश्वमा वातावरण, महिला हक अधिकार, बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक हेरचाह, व्यवहार स्वास्थ्यमा रेखदेख आजको विश्वको माग हो,’ मन्त्री चौधरीले भनिन्, ‘यसलाई कविता, लेख, साहित्यको माध्यमबाट जनस्तरमा तपाईँहरू लागिरहनुभएको छ । अझ अभियानको रूपमा लगिदिनुभयो भने विश्वमा विकास, संस्कृतिको सम्मान, मानव, शान्ति र एकताको संसार बन्ने थियो । यसमा तपाईँहरूको ठुलो हात छ । आजैबाट यो विश्व अभियान सुरु गरौँ, म तपाईँहरूको साथमा रहनेछु ।’

उनले यस अभियानले सुन्दर विश्व बनाउन मद्दत पुग्ने भन्दै मानव मानवबिच प्रेम, भातृत्व, आणविक हातहतियार रहित संसार बनेमा पृथ्वीको वातावरणमा पनि ठुलो संरक्षण हुने विश्वास व्यक्त गरिन् ।

यसले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको समस्यालाई पनि बिस्तारै हटाउने मन्त्री चौधरीको भनाई थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एक अर्काका परिपूरक हुने भन्दै मन्त्री चौधरीले सबैको सम्मान र अधिकार संरक्षण गर्नु घर परावर देखि राष्ट्र र संयुक्त राष्ट्रसंघको महत्त्वपूर्ण दायित्व रहेको बताइन् । ुसबैले ध्यान दिएमा मानव संसार सुखी र खुसी हुने थियो । आजको बालबालिका भविष्यको कर्णधार भई समयअनुसार वृद्ध हुँदै जाने हो । यसमा आमा दिदीबहिनी तथा महिलाको दायित्व कति छ । महिला हक अधिकार, स्वास्थ्य, शिक्षा लगायत उहाँका आधारभूत आवश्यकताहरू पुगेका छन् कि छैनन्ु, उनले भनिन्, ‘यी कुराहरूलाई पनि तपाईँहरूको कलममार्फत जुन भूमिका खेल्नुभएको छ त्यसलाई अझ बढाउँदै लैजान आग्रह गर्दछु ।’

साहित्यिक अभियानले मानव जाति र पृथ्वीलाई समेत संरक्षण गर्ने भएकाले विश्व अभियानको रूपमा यसलाई लैजान मन्त्री चौधरीले आग्रह गरिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT