Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन


काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन भएको छ ।

सुरभी साहित्य प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्रा.डा. खगेन्द्रप्रसाद लुईँटेलले विमोचन गरे । लामा लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशिल छन् ।

कार्यक्रममा बोल्दै प्रा.डा. लुईँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेलेको भूमिका सराहनीय रहेको बताए । “आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो,”– उनले भने । उक्त कृतिमा आप्रवासको झल्को पाइएको उनको भनाई थियो । प्राडा लुईँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवम् समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताए । साहित्य मनका वेदना पोख्न लेखिने गरेको उनको भनाई छ । “पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ,”– उनले भने ।

व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताए । उनले पुस्तकको भाषाशैली सरल रहेको बताए ।

वरिष्ठ समालोचक एवम् पूर्व प्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरु विमोचनसँगै नेपाली साहित्यमा नयाँ इट्टा थपिएको बताए । लेखकको मन नेपालमा र भौतिक शरिर अमेरिकामा भएको उनको भनाई थियो । समालोचक मैनालीले किताव सरल र सहज भएको बताए । उनले कृति पठनीय भएको उल्लेख गरे ।

वरिष्ठ समालोचक लीला लुईँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिए । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उनको भनाई थियो ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाईँ, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डेलगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पु¥याएको योगदान सबैका लागि उदाहरणीय रहेको बताएका थिए ।

यसअघि ‘पिल्सीएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसक्नुभएका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण संग्रहित छन् ।

साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ शहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री, आफु गयौ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।

साहित्यकार लामाले डा. एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसकेका छन् ।

उनले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गरेका छन् । लामा माउण्टेन खबर डटकमका सल्लाहकार समेत हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

Techie IT