Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन


काठमाडौँ । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ ।

माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको बिमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराज जीको हातबाट भएको थियो ।

प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के।सि। र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङ् आईकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङ् आईकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुई वटै एल्बममा संगीत संयोजन नवीन कुमार तिमल्सिनाको रहेको छ ।

उक्त विशेष कार्यक्रममा प्रणामी अनलाईन क्विज सिजन १ को पनि निकै रोचक ढंङ्गबाट फाईनल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीर देव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।

श्रीकृष्ण प्रणामी समाजको एकै साथ दुईवटा धार्मिक सांगितिक एल्बम विमोचन र प्रणामी समाजको एक पृथक कार्यक्रम प्रणामी अनलाईन क्विजको पहिलो सिजनको समापन भएको यो गौरव र खुसिको क्षण भएकोले सहयोगी प्रत्येक व्यक्ति, संघ संस्थालाई कार्यक्रम व्यवस्थापन प्रमुख भोला दाहाल एव्ं कार्यक्रम प्रमुख नवीन कुमार तिमल्सिनाले विशेष धन्यवाद एवम् आभार प्रकट गरेका थिए ।

प्रणामी अनलाइन क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले गरेका थिए । प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपोज गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले जनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

Techie IT