Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यविक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन


काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो ।

कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाईसहित शुभकामना व्यक्त गरे । संख्यात्मक भन्दा गुणात्मक कृति लेख्न र यो कृति भन्दा अर्को उत्कृष्ठ बनाउन पनि श्रेष्ठले सुझाव दिए ।

कृतिमाथि समीक्षा गर्दै लघुकथाकार दीव्य गिरीले कृतिमा समेटिएका लघुकथाहरु उत्कृष्ठ रहेको बताए । कृतिमा समावेश लघुकथा वाचन गर्दै उनले याख्खाको विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण उत्कृष्ठ रहेको भन्दै प्रशंसा गरे । कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यङ्ग्य पनि रहेको उनले सुनाए ।

कृतिकार याख्खालाई शुभकामना दिँदै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यस्ता पुस्तकले हामीलाई बाँच्ने प्रेरणा दिने बताए । उनले यो कृतिले नेपाली लघुकथा समाजमा एउटा इँटाको काम गरेको बताए ।

कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिँदै कृति प्रकाशन लेखकको परिचय व्यवस्थित गर्ने काम भएको बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा यो कार्यक्रम आयोजना गर्न सफल भएको बताइन् ।

सीमित साहित्यकार तथा लघुकथाकारहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई लघुकथा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाले सञ्चालन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

Techie IT