Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास बोस्टनले पुनः सुरु गर्यो मासिक कार्यक्रम ‘सिर्जना उत्सव’

अनेसास बोस्टनले पुनः सुरु गर्यो मासिक कार्यक्रम ‘सिर्जना उत्सव’


बोस्टन। अगस्टको महिनाको अन्तिम आईतबार अनेसास बोस्टनले काब्य गोष्ठी तथा विधा छलफल कार्यक्रम नामक ‘सिर्जना उत्सव’ सुरु गरेको छ। सिर्जना उत्सव बोस्टनले १२ अघि सुरू गरेको यो कार्यक्रम अब अनेसास बोस्टनले मासिक रुपमा पोनः सुरु गर्ने भएको हो।

यो कार्यक्रमको ढाँचा अनुसार हरेक श्रृङ्खलालाई अनेसास बोस्टनसँग आवद्ध सदस्यले प्रायोजन गर्ने छन्। कार्यक्रम आफ्नो घर वा सार्वजनिक ठाउँमा गर्न सक्ने छन्।

पहिलो कार्यक्रमको सम्योजन संस्थाका सह(सचिव प्रतीक रावलले गरेका थिए। कार्यक्रम रावलकै सभापतित्वमा गरिएको थियो।

कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजा, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त लगायत कार्यसमितिका साथीहरू, बोस्टन वरपरबाट साहित्यकार कविहरू तथा साहित्यनुरागीहरूको बाक्लो सहभागिता भएको थियो।

महिनाभरि लेखिएका आफ्ना काब्य रचनाहरू पाठ गर्ने र हरेक दिन नेपाली भाषा साहित्यको क्षेत्रमा सबैको केहि कलम चलोस भन्ने हेतुले प्रोत्साहन स्वरुप पनि यो कार्यक्रम विशेष छ भन्दै केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले अनेसास र अनेसासको आगामी कार्यक्रम बारे छोटो मन्तब्य राखेका थिए।

सिर्जना उत्सवले सन् २०१२ को सुरुवाती दिनदेखि कोभिडको बेलासम्म लगातार काब्य गोष्ठी गर्दै आएको थियो। आफू अनेसास बोस्टनको अध्यक्ष भएपछि समितिको निर्णयअनुसार सिर्जना उत्सवलाई पनि अब एउटै मञ्चमा जोडेर सँगैलाने गरिएको हो भन्दै अनेसास बोस्टनका अध्यक्षले ३६ जना नयाँ आजीवन सदस्हरूलाई स्वागत समेत गरेका थिए।

सोही अवसरमा सचिव प्रकाश खडका र कोषाध्यक्ष थानीरत्न कँडेलले सदस्यहरूको अध्यावधिकगर्दै केन्द्रलाई सदस्यताको विवरण र शुल्क बुझाएका थिए।

अर्को महिनाको कार्यक्रम सहित्यकार, कवि तथा चलचित्र निर्मात्री अनु शाहले प्रायोजन गर्ने छिन्।

कार्यक्रममा निम्नानुसारका कविज्यूहरुले कविता गजल गीत सुनाएका थिए। आफ्नो रचना सुनाउनेहरुमा अनु शाह, लक्ष्मीप्रसाद थपलिया, प्रतीक रावल, गोवर्धन पूजा, थानिरत्न कँडेल, प्रकाश खड्का, महेश्वर पन्त, दिपेन्द्र पोखरेल, जीना कार्की, नवीन उप्रेती, शेरबहादुर बोहोरा थिए।

कार्यक्रमलाई समापन गर्दै काब्य गोष्ठी ‘सिर्जना उत्सव’ सभापति प्रतीक रावलले यस्तो कार्यक्रमको प्रायोजन आफ्नै घर डोभर म्यसाचुसेट्समा गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए। सोही सभाले मीठो नास्ता र रात्रीभोज बनाएर खुवाउने रावल परिवार श्रीमती माला रावललाई धन्यवाद व्यक्त गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

Techie IT