Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीपुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी


काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्नेछ ।

२०७७ सालमा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ । समितिलाई सघाउन धर्म, संस्कृतिका क्षेत्रमा खुलेका धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक संस्थाले सहयोग गर्नेछन् ।

धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्ने भन्दै कथावाचक एवम् हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट मानिसले आफूलाई जोगाउने गरेको बताए ।

पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रुपमा मात्र हेरेर व्यवसायीकरण गर्ने क्रमले समस्या निम्त्याउने अध्यक्ष उपाध्यायले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT