Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीखाना खाइसकेपछि लगत्तै कफी वा चिया पिउने बानी छ भने आजै छोड्नुहोस्

खाना खाइसकेपछि लगत्तै कफी वा चिया पिउने बानी छ भने आजै छोड्नुहोस्


एजेन्सी । हामीमध्ये धेरैले आफ्नो बिहानको सुरुवात चिया र कफीबाट गर्छौं। एक कप चिया वा कफी नपाएसम्म हाम्रो दिन राम्रो हुँदैन ।

दिनमा १ कप स्ट्रङ्ग कफी पिउनुभयो भने सबै थकान हट्छ।

हरेक अवसरमा कफी पिउने बानी हुने मानिसहरु धेरै छन् । कतिपयलाई खाना खाएपछि तुरुन्तै कफी पिउने बानी हुन्छ ।

तर, यदि तपाईमा पनि यस्तै बानी छ भने आजै छाड्नुहोस् । हो, खाना खाइसकेपछि तुरुन्तै चिया वा कफी पिउनाले स्वास्थ्यमा धेरै हानी पु¥याउन सक्छ । खाना खाइसकेपछि चिया वा कफी पिउनाले के साइड इफेक्ट हुने गर्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार खाना खाएपछि तुरुन्तै चिया वा कफी पिउनाले पाचन प्रक्रियामा नराम्रो असर पर्छ । खाना खाएपछि कफी पिउनाले पेटमा एसिडको मात्रा बढ्छ, जसले हाम्रो पाचन प्रणालीमा नराम्रो असर गर्छ । जसका कारण खानामा रहेको प्रोटिन राम्ररी पच्दैन ।

खाना खाएपछि तुरुन्तै चिया वा कफी पिउनाले रक्तचाप बढ्न सक्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ । यसले रक्तचाप बढाउने काम गर्छ, जसका कारण हृदयाघातको जोखिम पनि बढ्न सक्छ । जसका कारण खानामा रहेका पोषक तत्वहरू राम्ररी अवशोषित हुन सक्दैनन् । खाना खाने बित्तिकै कफी वा चियाबाट टाढा रहने प्रयास गर्नुहोस्।

चिया वा कफी पिउने बानी भएकालाई यो लतबाट छुटकारा पाउन अलि गाह्रो हुन्छ । खाना खाएको १ घण्टा वा २ घण्टापछि मात्र कफी पिउने प्रयास गर्नुहोस्। यस समयमा, हाम्रो शरीरले खानाबाट लगभग सबै प्रकारका पोषक तत्वहरू अवशोषित गर्दछ। स्वास्थ्य विज्ञहरूले पनि खाना खाएको केही समयपछि मात्र कफी पिउने सल्लाह दिन्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT