Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीशनिबार यी कार्यहरु गर्नुहोस् भाग्य चम्किन्छ !

शनिबार यी कार्यहरु गर्नुहोस् भाग्य चम्किन्छ !


एजेन्सी ।  सनातन परम्परामा शनिवारको दिन शनिदेवको पूजा गर्नका लागि निकै शुभ मानिन्छ । साताको यो दिन शनिदेवको नामबाट नामाकरण गरिएको हो । यद्यपी पवनपुत्र हनुमान जीको पुजाका लागि शनिबारलाई पनि शुभ मानिन्छ । हिन्दू मान्यता अनुसार हरेक दिन पूजा र अन्य काम गर्नका लागि केही नियम बनाइएको छ ।

शनिबार गर्नुहोस् यी कामहरु

शनिबारको दिन पूर्ण विधिपूर्वक श्री हनुमान जीको पूजा गर्नुपर्छ । हनुमान जीको आशीर्वाद प्राप्त गर्न आज हनुमान चालिसा वा सुन्दरकाण्डको ७ पटक पाठ गर्नुहोस्। हनुमानजीलाई मोतीचूर प्रसाद चढाउनुहोस्।

शनिबारको दिन शनिदेवको पुजाका लागि पनि फलदायी मानिन्छ । यस्तो अवस्थामा आज कुनै पनि शनिधाममा गएर उनलाई तोरीको तेल चढाउनुका साथै तोरीको तेलको दियो पनि बाल्नुहोस् ।

वास्तुका अनुसार शनिबार घरभरि धूप बाल्नु पर्छ। यसो गर्नाले घरको नकारात्मक उर्जा हट्छ भन्ने विश्वास गरिन्छ ।

कालो वस्तु जस्तै चिया पात, कालो चना, कालो कपडा, कालो जुत्ता आदि शनिबार दान गर्नुपर्छ ।

शनिबार भान्साकोठामा बनेको पहिलो रोटी कालो गाईलाई खुवाउनुपर्छ वा कालो कुकुरलाई तेलमा भिजाएको रोटी खुवाउनुपर्छ । यसो गर्नाले शनिसँग सम्बन्धित समस्याहरू हट्नेछन्।

शनिबारको दिन पिपलको रूखको पूजा गर्नु निकै शुभ मानिन्छ । यस दिन बिहान स्नान र ध्यान गरेपछि पिपलको रुखमा जल चढाएर तेलको दियो बालेर घुम्न जानुपर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार

आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौँ । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सँगै छठ सम्पन्न

धनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइने

क्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलन

म्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो

आज छठको मुख्य दिन

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी

Techie IT