Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीबिहान खाली पेटमा यी फलफुल खानुहोस्

बिहान खाली पेटमा यी फलफुल खानुहोस्


एजेन्सी । आजको जीवनशैलीमा स्वस्थ रहनु नै सबैभन्दा ठुलो चुनौती रहेको छ । शरीरलाई तन्दुरुस्त राख्न पोषक तत्व चाहिन्छ, जुन हामीले ताजा फलफूल र तरकारीबाट पाउँछौँ। रोगबाट बच्न र आफूलाई फिट राख्नको लागि आहारमा फलफूलको मात्रा बढी राख्नुपर्छ । फलफूल खाँदा पाचन प्रणालीले राम्रोसँग काम गर्छ र तपाई स्वस्थ रहनसक्नुहुन्छ ।

केही फलहरु यस्ता छन् जुन बिहान खाली पेटमा खान सकिन्छ तर धेरै फलहरु यस्ता छन् जसलाई बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म खाइयो भने स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यस्ता धेरै फलफूल छन् जसमा प्रोटिनभन्दा फाइबरको मात्रा बढी हुन्छ, जसका कारण बिहान बेलुका खानुको सट्टा मध्यरातमा खानु फाइदाजनक हुन्छ ।

तपाईं खाली पेटमा किवी खान सक्नुहुन्छ, फाइबरसँगै धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। किवी डेंगु रोगमा पनि फाइदाजनक हुन्छ, यसको सेवनले पाचन प्रणालीले राम्रोसँग काम गर्छ र शरीरलाई उर्जा मिल्छ ।

खाली पेटमा स्याउ खान सक्नुहुन्छ, यसको सेवनले तौल नियन्त्रणमा पनि फाइदा पुग्छ । पौष्टिक तत्वले भरिपूर्ण स्याउ खाँदा कब्जियत, ग्यासबाट छुटकारा पाउन र पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ।

एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले भरिपूर्ण अनारलाई खाली पेटमा सेवन गर्न सक्नुहुन्छ। अनार खाँदा शरीरमा आइरनको कमी पूरा हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मेवा खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । मेवा खाली पेटमा खान सकिन्छ । फाइबरले भरिपूर्ण मेवा तौल नियन्त्रण गर्नका साथै कोलेस्ट्रोलको स्तरलाई पनि ठीक राख्छ । यो खाँदा अपच, कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट राहत मिल्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT