Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीमलमासमा के गर्ने? के नगर्ने?

मलमासमा के गर्ने? के नगर्ने?


काठमाडौँ। आजदेखि मलमास अर्थात् अधिकमास सुरु भएको छ।

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउछन्।

चान्द्र मासमा दुईवटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ। ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको चर्चामा भनिएको छ।

‘असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।’

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेकाँही मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलको भनाइ छ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरे पनि प्रायः मङ्सिर र पुसमै पर्छ। कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ। माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन। बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ।

क्षयमास हुने वर्षमा दुई अधिकमास नियमित पर्छ । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ।

सबै मासका देवता हुन्छन्। मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । सो गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ  नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन्। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने परम्परा छ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता कर्म गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT