Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियके हो गुलियन बेरी सिन्ड्रोम ? जसका कारण मानिसहरुमा भइरहेको छ पक्षघात, पेरुमा स्वास्थ्य आपतकाल घोषणा

के हो गुलियन बेरी सिन्ड्रोम ? जसका कारण मानिसहरुमा भइरहेको छ पक्षघात, पेरुमा स्वास्थ्य आपतकाल घोषणा


एजेन्सी । गुलियन बेरी सिन्ड्रोमका कारणहरू पूर्ण रूपमा बुझ्न अझै पनि चिकित्सा विज्ञानका लागि चुनौती बनेको छ। तर, उक्त सिन्ड्रोमलाई अटोइम्यून डिसअर्डर भनिन्छ। यो सिन्ड्रोम शल्यक्रिया वा खोप लगाएको सात दिनदेखि पाँच हप्तासम्म दुई तिहाइ बिरामीहरूमा देखिएको छ।

केही मानिसहरूमा यो संक्रमण ट्रिगर जस्तै काम गर्दछ।

पेरुले यसैका कारण स्वास्थ्य आपतकाल घोषणा गरेको छ। यो रोगका कारण मानिसहरु पक्षघातको शिकार भइराखेका छन् ।

शरिरको प्रतिरोधात्मक क्षमताको विरुद्ध यो यो सिन्ड्रोमले काम गर्ने बताइएको छ ।

त्यसैले यसलाई अटो इम्युन डिसअर्डरको श्रेणीमा राखिएको छ ।

यस रोगबाट पीडित व्यक्तिमा कमजोरी हुनुका साथै हात खुट्टामा झनझन महसुस हुने गरेको बताइएको छ ।

सुरुमा श्वासप्रश्वाससम्बन्धी रोग पनि महसुस हुने तर लामो समयपछि शरीर पूर्ण रूपमा पक्षाघात हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

यो रोगमा ब्लड प्रेसरको समस्या देखि सास फेर्न गाह्रो हुने सम्मको गम्भीर समस्याको सामना गर्नु पर्ने हुन्छ । यसको उपचारको लागि इम्यून ग्लोब्युलिन, प्लाज्मा एक्सचेन्ज र गम्भीर अवस्थामा मेकानिकल भेन्टिलेसनको सहयोग आवश्यक हुन सक्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका

भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित

एजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा

युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७०

इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन्

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना

Techie IT