Techie IT
२०८१ पुस २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरोहिङ्ग्या शिविरमा भएको झडपमा ६ जनाको मृत्यु

रोहिङ्ग्या शिविरमा भएको झडपमा ६ जनाको मृत्यु


एजेन्सी । बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बङ्गलादेशमा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् ।

‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए)’ र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ)’ बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो साताको हिंसा पछिल्लो घटना हो ।

शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप ९गोली हानाहान०मा पाँच जनाको मृत्यु भएको छ ।

“गोली हानाहानमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उहाँले भन्नुभयो ।

झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो ।

स्थानीय दैनिक प्रोथोम आलोका अनुसार २७ वर्षीय इबादुल्लाहले सन् २०१७ मा म्यान्मारमा भएको दमनका प्रत्यक्षदर्शीको बयान लिन बिहीबार शिविर पुगेका आइसिसीका अभियोजक करिम एए खानलाई भेट्न शरणार्थीलाई भेला गरिरहेका थिए ।

एआरएसएले हत्याको बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन, तर यसका सदस्यहरूले आफ्नो अधिकारलाई चुनौती दिने रोहिङ्ग्या नेताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

एजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको

टेस्ला साइबरट्रकमा विस्फोट

एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम

Techie IT