Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियटाइटन पनडुब्बीमा सवार पाँचै जनाको निधन

टाइटन पनडुब्बीमा सवार पाँचै जनाको निधन


एजेन्सी । एट्लान्टिक महासागरमा टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको छ । यो टाइटानिक जहाजको भग्नावशेषभन्दा १६ सय फिट तल छ । पनडुब्बी जुन १८ साँझ पाइलटसहित चार पर्यटक बोकेको टाइटानिकको भग्नावशेष देखाउन गएको थियो तर १ः४५ घण्टापछि बेपत्ता भएको थियो ।

पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती व्यापारी हमिस हार्डिङ, फ्रान्सेली गोताखोर पल–हेनरी, पाकिस्तानी–ब्रिटिस व्यापारी शाहजादा दाउद, उनका छोरा सुलेमान र ओसियन गेट कम्पनीका सीईओ स्टकटन रश छन् ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले बिहीबार साँझ यसको पुष्टि गरेका छन् । तर, अहिलेसम्म उनीहरुको शव फेला परेको छैन । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन माउगरले भने, ‘एट्लान्टिक महासागरमा पनडुब्बीको भग्नावशेष रिमोटबाट संचालित गाडीले फेला पारेको हो । त्यसमा विष्फोट भएको हुनसक्छ । यद्यपी विष्फोट कहिले भएको हो भन्न हतार छैन । यसबारे अझै धेरै प्रश्नहरू छन्, जसको उत्तर खोज्न बाँकी छ ।’

रोयटर्सका अनुसार पनडुब्बीलाई नेपाली समय अनुसार १८ जुन साँझ ५ः४५ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो । यो १ः४५ घण्टा पछि बेपत्ता भयो । विगत ४ दिनदेखि खोजी अभियान चलिरहेको थियो, जुन अहिले बन्द गरिएको छ । खोजमा अमेरिका, क्यानडा, फ्रान्स र बेलायतका विमान र जहाजहरू संलग्न थिए ।

सीएनएनका अनुसार २२ फिट लामो टाइटन पनडुब्बीको ५ भाग भग्नावशेषमा भेटिएको छ । अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले अहिलेसम्म भग्नावशेषमा कुनै यात्रुको अवशेष नभेटिएको बताएका छन् ।

टाइटानिक जहाजको भग्नावशेष एट्लान्टिक महासागरमा रहेको छ । यो क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा छ । भग्नावशेष समुन्द्रमा ३८०० मिटरको गहिराईमा रहेको छ । यो पनडुब्बीको यात्रा पनि क्यानडाको न्युफाउन्डल्याण्डबाट सुरु हुन्छ । यो २ घण्टामा भग्नावशेष नजिक पुग्छ ।

अमेरिका–क्यानडाको उद्धार टोलीले समुद्रमा ७ हजार ६ सय वर्ग माइल क्षेत्रमा खोजी गरिरहेको थियो । १३ हजार फिटको गहिराइसम्म निगरानी गर्न सक्ने सोनार बोयलाई पनि पानीमा छोडिएको थियो । यसबाहेक व्यावसायिक जहाजको पनि सहयोग लिइएको थियो ।

पनडुब्बी ओशन गेट कम्पनीको टाइटन सबमर्सिबल हो । यसको साइज एक ट्रक बराबर छ । यो २२ फिट लामो र ९.२ फिट चौडा छ । पनडुब्बी कार्बन फाइबरबाट बनेको छ । टाइटानिकको भग्नावशेष हेर्न जाँदा प्रतिव्यक्ति ३ करोड रुपैयाँ शुल्क लाग्छ । यो पनडुब्बी समुद्रमा अनुसन्धान र सर्वेक्षणका लागि पनि प्रयोग गर्न सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT