Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियटर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै

टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै


एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि प्रदर्शन शुरु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ६ दिनसम्मको लगातार प्रदर्शनले इस्तानबुलमा जनजीवन अस्तव्यस्त बनेको छ । प्रदर्शन दबाउन सरकारले १ हजार ३ सय जना बढीलाई पक्राउ गरेको छ । नगरप्रमुख इमामोग्लुलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानको मुख्य प्रतिस्पर्धी मानिन्छ ।

आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई जेल हालेर एर्डोगानले तानाशाही शासन चलाउन खोजेको विपक्षीहरुको आरोप छ । एर्डोगानले भने विपक्षीहरुले देशमा हिंसा निम्त्याउन खोजेको आरोप लगाएका छन् । विपक्षी दलले कसैको उक्साहटमा टर्कीको प्रजातान्त्रिक इतिहासमै खराब प्रदर्शन गरिएको उनको दाबी छ ।

सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार इस्तानबुलका प्रमुखलाई इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेपछि विरोध चर्किएको हो ।

प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्नुका साथै ठाउँठाउँमा आगजनी र तोडफोड समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौ घाइते भएको समाचारमा उल्लेख गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT