गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्युड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु नेपालीपत्र आईतबार, २०८१ पुस २१ गते, १७:३० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले जनाएको छ ।डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ ।“गोर्लोभकामा भएको गोलाबारी पछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने ।डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताए । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकार माथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताए । #रूसी पत्रकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदैएजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको टेस्ला साइबरट्रकमा विस्फोटएजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणाएजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्युएजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनकाठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९धेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू ४ फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई ५ बैतडीमा भूकम्पको धक्का ६ बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल ७ गणतान्त्रिक व्यवस्थामा सुधार आवश्यक भएको कांग्रेस सभापति देउवाको भनाइThe Film Nepal