Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु


एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ ।

सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, “दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।”

स्थानीय समय अनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

“घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन”, पोस्टमा भनिएको छ, “प्रहरीले दिएको जानकारीमा घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी दिइएको छैन ।”

राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।

स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्बिरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो ।

ब्युरोले सार्वजनिक गरेका अन्य तस्बिरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।

अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक बर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT