चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्ने
एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई सतर्क रहन भारत सरकारले आग्रह गरेको छ ।
भारतका धेरै तटीय क्षेत्रहरूमा वर्षा शुरु भइसकेको छ भने तमिलनाडुको महाबलीपुरमका समुद्रमा उच्च छालहरू आएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग आई.एम.डी.का अनुसार यो आँधी आइतबार दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ । फेङ्गल नाम दिइएको उक्त आँधी बंगालको खाडीको दक्षिण–पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा रहेको मौसमविदहरुले जनाएका छन् ।
यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टा देखि ९० किलोमिटर प्रतिघण्टा सम्म रहने बताइएको छ । उक्त आँधी भारतका विभिन्न शहर सम्म आउन सक्ने सम्भावना रहेकाले दिल्ली सरकारले सचेतना अपनाउन नागरिकलाई अपिल गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका