इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने
एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन ।
फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्ति सहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितेसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्ला लगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएर उनको सम्पती बढेको हो ।
टेस्लाको शेयर मूल्यमा ३ दशमलब ८ प्रतिशतले वृद्धि भई साढे तीन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३ सय ५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो ।
मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ । मस्कको सम्पत्ति दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । मस्कलाई अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो टिममा महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय
एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका