Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए


एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको मृत्यु भएको हो । अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए ।

उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबुल्लाहका शीर्ष तहका नेताहरू लक्षित आक्रमणलाई बढाएको छ ।

प्यालेस्टाइनी समूह हमासले इजरायलमा आक्रमण गरेयता नै इजरायलले हिजबुल्लाहविरुद्ध पनि आक्रमण गरिरहेको छ । इजरायली सेनाको आक्रमणमा लेबनानमा कम्तीमा ३ हजार जनाको ज्यान गइसकेको छ । १४ हजारभन्दा बढी घाइते भइसकेका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT