Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात


एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।

आक्रमणको एक वर्ष पछि पनि दुई बालबालिका सहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ । गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायल सँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम हुन् ।

५२ पुरुष, १० महिला, दुई बालबालिका

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धक मध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् ।

इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो ।

करिब एक वर्ष पछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ । गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ ।

जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केही सँग एउटा भन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् ।

बाउन्न जना पुरुष र १० महिला छन् । त्यस्तै, ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबै भन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए । हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।

जीवित रहेको कुनै प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्ने बारेमा अनिश्चितता कायम छ ।

आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुई जनालाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो । हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यस बाट परिवारहरू पीडामा छन् ।

शवहरू गाजा लगियो

अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायली सैनिकहरूको १० शवसहित केही मृतकलाई गाजामा आफू सँगै लगे । युद्ध सुरु भएयता कम्तीमा २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ । सन् २०२३ डिसेम्बर १५ मा तीन जनालाई इजरायली सेनाले गल्तीले मारेको थियो । उनीहरू २८ वर्षीय योताम हाइस तथा २६ वर्षका सामेर अल–तलाल्का र एलोन शाम्रिज थिए ।

इजरायली सेनाले हमास माथि हर्श गोल्डबर्ग–पोलिन, कार्मेल गाट, इडेन जेरुसेलमी, अलेक्जेन्डर लोबोनोभ, अल्मोग सारुसी र ओरी दानिनो गरी छ जनाको हत्या गरेको आरोप लगाएको छ । उनीहरूलाई सैनिकहरूले दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा फेला पारेका थिए ।

महोत्सव, किबुत्जका जीवितहरू

अधिकांश बन्धकहरूलाई निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवमा भएको आक्रमणका क्रममा लगिएको थियो । अक्टोबर ७ मा निर ओज किबुत्जमा अपहरणमा परेका कम्तीमा ७६ बन्धक मध्ये ४० जना जीवितै रिहा भएका छन् । अरु २० जना अझै गाजामा छन् र जीवित रहेको विश्वास गरिएको छ । बाँकी १६ जनाको मृत्यु भइसकेको छ ।

महोत्सव बाट अपहृत १७ जना मात्र जीवित रहेको र अझै गाजामा बन्धक रहेको विश्वास गरिन्छ । नोभा बाट अपहरणमा परेका कम्तीमा ४३ बन्धक मध्ये नौ जना मात्र रिहा भएका छन् भने अन्य १७ जनाको मृत्यु भएको छ ।

सम्पूर्ण परिवार

अक्टोबर ७ मा सम्पूर्ण परिवारलाई गाजामा लगिएको थियो । उनीहरूका लागि सन् २०२३ नोभेम्बरको युद्धविरामले राहत दिए पनि प्रियजनहरूलाई पछाडि छाड्नुपर्दाको पीडा पनि दियो ।

फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र शहर मुक्त भए पनि उनीहरूका बुबा ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धक छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक

उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित

जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।

इजरायलमा इरानको हवाई हमला

एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई

शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदन बाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा

लेवनानको बेरुतमा इजरायली सेनाको हवाइ आक्रमण

काठमाडाैँ । इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा एक सय पाँच जनाको ज्यान गएको छ ।

Techie IT