इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु
काठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
सोमबार राति भएको सो आक्रमणमा ६० जना भन्दा बढी घाइते भएका हमासद्वारा सञ्चालित नागरिक सुरक्षा प्राधिकरणले जनाएको छ ।
इजरायली सेनाले आफ्नो विमानले हमास लडाकुको खान युनिसमा रहेको अपरेशन सेन्टरमा आक्रमण गरेको र सर्वसाधारणलाई क्षति नपुगोस भनेर सावधानी अपनाइएको जनाएको छ । उता हमासले भने खान युनिस शहरको पश्चिममा रहेको मानवीय क्षेत्र अल–मावासीका लागि बनाइएका टेन्टलाई लक्षित गरी इजरायलबाट तीनवटा आक्रमण गरिएको दाबी गरेको छ ।
इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै सेनाले खान युनिसको मानवीय क्षेत्रभित्र रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा सक्रिय हमासका महत्वपूर्ण आतङ्ककारीमाथि आक्रमण गरेको बताएका छन् । गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुले इजरायलभित्र पसेर १२ सय जना इजरायली नागरिकको क्रुर तरिकाले हत्या गरेका थिए भने २ सय ५० इजरायलीलाई अपहरण गरेका थिए । त्यसपछि इजरायलले हमास माथि आक्रमण शुरु गरेको हो । इजरायलको आक्रमणमा ४० हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ