युद्धविरामका लागि इजरायल सकारात्मक
एजेन्सी । अमेरिकाले हमास र इजरायलबीचको युद्धविरामका लागि अघि सारेको प्रस्तावप्रति इजरायल सकारात्मक देखिएको छ ।
इजरायलको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले इजरायलले युद्धविराम वार्तामा सहमति जनाएको बताएका हुन् । प्यालेस्टाइनी समुह हमासले सहमति जनाएपछि मात्रै थप वार्ता हुने बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै ब्लिन्केनले युद्धविरामका लागि अझै महत्वपूर्ण चुनौतीहरू बाँकी रहेको जानाकारी दिए ।
ब्लिन्कनले इजरायल भ्रमणका क्रममा इजरायली राष्ट्रपति इसाक हर्जोगसँग पनि भेटवार्ता गरेका छन् । भेटका अवसरमा ब्लिंकनले हमासले बन्धक बनाएकाहरुको मुक्तिका लागि तत्काल युद्धविराम गर्न र सबैलाई स्थायी शान्ति र सुरक्षाको बाटोमा लैजानका लागि यो अन्तिम अवसर भएको जानकारी गराउनु भएको थियो ।
अमेरिकाले युद्धविरामका लागि संशोधित प्रस्ताव पेश गरेको थियो । इजरायल भ्रमण सकेर अमेरिकी बिदेशमन्त्री ब्लिंकन आज इजिप्ट र कतारतर्फ लाग्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा
एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको
एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की
एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प
एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय
एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको