Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनेपालको सीमा नाकामा कडाइ

नेपालको सीमा नाकामा कडाइ


काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आंकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो ।

गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी बैठकले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ‘लक्षित समूह र व्यक्तिहरू’ र भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने भन्दै सीमा सुरक्षामा कडाइ गरिएको हो ।

यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई देश नछोड्न दुताबासले आग्रह गरेको छ । चिकित्साशास्त्र अध्ययनका लागि पुगेको करीब २ हजार ६ सय नेपालीमध्ये अझै ४ सय विद्यार्थी बंगलादेशमा रहेका कारण बंगलादेशस्थित नेपाली दुताबासको समन्वय नगरी देश नछोड्न आग्रह गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT