Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडिन्

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडिन्


एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी छिन् ।

विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उनकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उनी चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।

सर्वोच्च अदालतले धेरैजसो कोटा खारेजीको परमादेश दिइसकेको छ । तर विद्यार्थीहरूले पक्राउ परेकालाई रिहाइ र दमन गर्ने प्रहरीमाथि कारबाहीको माग राखेर केही दिनदेखि फेरि आन्दोलन गरेका थिए । आन्दोलनमाथि झनै दमन बढेपछि उनीहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरेका थिए ।

हिजोको आन्दोलनमा मात्रै ९० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो । समग्रमा गएको जुलाईदेखि भइहेको आन्दोलनमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो

एजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ

ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।

Techie IT