Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशमा आन्दोलन चर्किएपछि अनिश्चिकालीन कर्फ्यु

बंगलादेशमा आन्दोलन चर्किएपछि अनिश्चिकालीन कर्फ्यु


एजेन्सी । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

देशभर इन्टरनेट र सामाजिक सञ्जालमा समेत रोक लगाइँदा सञ्चारसेवा समेत अवरुद्ध बनेको छ । आरक्षण विरोधी आन्दोलन गर्दै आएका विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै शुरु गरेको दोश्रो चरणको आन्दोलनको पहिलो दिन नै विद्यार्थीहरु माथि बर्बर दमन गरिएको हो ।

प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको र सत्तारुढ दलका कार्यकर्ताले भीडमा ग्रिनेड हानेको जनाइएको छ । कर्फ्यु आदेश जारी गर्दै सरकारले देख्नेवित्तिकै गोली हान्ने आदेश पनि दिएको छ ।

आरक्षण कोटाको विरुद्धमा दोश्रो चरणका आन्दोलनमा होमिएका विद्यार्थीमाथि प्रहरी दमन हुँदा ९० बढीको मृत्यु भएको छ । पहिलो चरणको आन्दोलन नै हिंसात्मक बनेको यो आन्दोलनका क्रममा अहिलेसम्म मारिनेको संख्या दुई सय नाघेको छ ।

विद्यार्थी आन्दोलनकारीले सर्वसाधारणलाई कर नतिर्न र कुनै पनि सरकारी सुविधा उपभोग वापतको विल पनि भुक्तानी नगर्न आह्वान गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT