एजेन्सी । मेक्सिकोले सीमावर्ती सहर नुएभो लारेडोमा पाँच जनाको हत्या गरेको अभियोगमा १६ सैनिकमाथि मुद्दा चलाउने निर्णय गरेको छ ।
मेक्सिकोको रक्षा विभागका अनुसार बिहीबार १६ जना सैनिकलाई पक्राउ गरिएको थियो ।
सैनिकहरूलाई सैन्य अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ।
हाल यी सैनिकहरूलाई मेक्सिको सिटीको सैन्य जेलमा राखिएको छ।
मेक्सिकोका राष्ट्रपतिले पाँच जनाको हत्यामा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले घटनामा संलग्नलाई कडा कारबाही गरिने बताए ।
राष्ट्रपतिको यो भनाइ यस्तो बेला आएको हो जब गत १८ मई घटनासँग सम्बन्धित केही तस्विरहरु सार्वजनिक भएका थिए ।