गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्युसुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ असार २१ गते, ०८:१८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ ।सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो । प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।संयुक्त राष्ट्रसङ्घले तीन दिनमा सिन्जाबाट कम्तिमा ५५ हजार जना मानिस भागेको बताएको छ । छिमेकी राज्य गेडारेफमा यो हप्ता मात्र एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीले अनुमान गरेका छन् । सुडानमा समग्रमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ । #सुडानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासकाधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ३ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ६ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ७ आजबाट इजरायल-हमास बीच युद्धविरामThe Film Nepal