Techie IT
२०८१ असार २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त


काठमाडाैँ । ‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको रूपमा रहेको युनियन टापुमा रहेका सबैजसो घर क्षतिग्रस्स्त भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले टापु पुरै घरविहीन भएको बीबीसीको खबरमा उल्लेख छ । घर भत्किएपछि सडक अवरुद्ध भएका छन् । बिजुलीका पाेल पनि सडकमा ढलेका छन् । सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको स्थानीयवासीले बताएका छन् ।

घरहरू भत्किए पनि युनियन टापुमा मानवीय क्षति भएको विवरण आएको छैन । त्यही आँधीका कारण भेनेजुएलामा भने कम्तीमा सात जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ ।

बेरिल आँधी युनियन टापुमा सन् १९८५ पछि आएको सबैभन्दा ठूलो आँधी हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ जना…

एजेन्सी । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ सैनिक घाइते

काठमाडौँ । इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने

स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु

काठमाडौँ । स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ । यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी

गर्मीका कारण पाकिस्तानमा पछिल्लो ६ दिनमा ५६८ जनाको ज्यान गयो

काठमाडौँ । बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी

Techie IT