Techie IT
२०८१ असार १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु


काठमाडौँ । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् ।

गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ । बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ । आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन् ।

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको संख्या १५ पुगेको छ । राति प्रारम्भिक रिपोर्टहरू अनुसार, रूसी सुरक्षा बलहरूले आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीहरूलाई मारेका थिए ।

हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो । शुरुमा यस घटनालाई आतंकवादी घटना बताइएको भएपनि यस बारेमा थप जानकारी प्राप्त भएको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु

काठमाडौँ । स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ । यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी

गर्मीका कारण पाकिस्तानमा पछिल्लो ६ दिनमा ५६८ जनाको ज्यान गयो

काठमाडौँ । बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी

भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाईको पहिलो हप्ता रुस भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र

हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो

काठमाडौँ । साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० एक जना पुगेको छ । चर्को गर्मी

इरानको सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर सालेहीको मृत्युदण्डको सजाय

तेहरान । इरानको सर्वोच्च अदालतले र्‍यापर सालेहीको मृत्युदण्डको सजाय उल्ट्याको छ । महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा

गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि

एजेन्सी । इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ

Techie IT