Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइरानको सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर सालेहीको मृत्युदण्डको सजाय

इरानको सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर सालेहीको मृत्युदण्डको सजाय


तेहरान । इरानको सर्वोच्च अदालतले र्‍यापर सालेहीको मृत्युदण्डको सजाय उल्ट्याको छ । महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा जेल परेका चर्चित र्‍यापर तूमाज सालेहीको मृत्युदण्डको सजाय उल्ट्याएको हो ।

‘सालेहीको मृत्युदण्डको सजाय उल्टाइएको छ,’ सालेहीका वकिल अमिर रायसियनले एक्समा लेखेका छन् । सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको उनले बताए ।

अदालतले सालेहीको अघिल्लो सजाय (६ वर्ष र तीन महिना) पनि अपराधको बहुलताको नियमको पालनाबिना नै भएको फैसला सुनाएको थियो ।

गत अप्रिलमा इरानी अदालतले सालेहीलाई ‘राष्ट्रिय सामाजिक र राजनीतिक सुव्यवस्थालाई खलल पार्ने आचरण’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनलाई राजद्रोह, भेला र मिलेमतोमा सहयोग गरेको, राज्यविरुद्ध सङ्गठित प्रचार गरेको र दङ्गा निम्त्याएको आरोप पनि लगाइएको वकिल रायसियनले बताए ।

प्रहरी हिरासतमा सन् २०२२ अक्टोबरमा अमिनीको मृत्युपछि सुरु भएको प्रदर्शनको सार्वजनिक समर्थन गरेपछि ३३ वर्षीय सालेहीलाई पक्राउ गरिएको थियो ।

इरानी अधिकारकर्मी अमिनीलाई महिलाका लागि तोकिएको पोशाक नियम उल्लङ्घन गरेको आरोपमा तेहरानबाट प्रहरीले पक्राउ गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

Techie IT