गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्युभारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु नेपालीपत्र बिहीबार, २०८१ असार ६ गते, ११:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ ।आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका छन् । बाढीले सयौं चौपाया समेत बगाएको छ ।आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २ सय ९ व्यक्ति प्रभावित भएको जनाएको छ । मनसुन शुरु भएपछि भारतमा अधिकांश राज्यहरुमा अविरल वर्षा जारी छ । बाढीका कारण लाखौं बिगाहा जमीनमा लगाइएको बालीनाली पनि नष्ट भएको छ ।यसैबीच स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र स्थापना गरी बाढी पिडीतहरुलाई स्थानान्तरण गरेको छ । बाढीले तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षति पुगेकाले बाढी पीडितहरुका लागि राहत सामग्री बितरणमा कठिनाइ भएको छ । #आसाम #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समयधेरै पढिएका खबर १ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै २ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ३ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा ४ पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा ५ मुस्ताङको लुरी गुम्बा ओझेलमा ६ सर्लाहीका ४७ जना उखु किसान सम्मानित ७ बागमती गोल्डकप आगामी शनिबार देखिThe Film Nepal