गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा अत्याधिक गर्मीका कारण १३ जनाको मृत्युभारतमा अत्याधिक गर्मीका कारण १३ जनाको मृत्यु नेपालीपत्र आईतबार, २०८१ असार २ गते, १२:५० मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । अत्याधिक गर्मीका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारतको बिहारमा विगत २४ घण्टामा गर्मीका कारण १३ जनाको मृत्यु भएको छ ।बिहारको औरंगाबाद, सारण र गयामा गरी १३ जनाको मृत्यु भएको हो । हाल त्यहाँको तापक्रम ४६ डिग्री मापन गर्दा अन्य राज्यहरुको तापक्रम ४३ डिग्री माथि पुगेको छ ।भारतीय मौसम विभागका अनुसार पटना, जहानाबादलगायत अन्य जिल्लाहरुमा उष्ण लहर चलेकाले जनजीवन कष्टकर बनेको छ । ती राज्यका वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । हाल तातो हावाको गति ३० देखि ४० किलोमिटर प्रतिघण्टासम्म पुगेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । भारतमा वर्षा नभएका कारण तापक्रम बढ्ने क्रम जारी छ ।यसैबीच भारतको बिहार र पटनाका केही विद्यालयहरु बन्द गरिएका छन् । मौसम विभागले अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सबैलाई सचेत गराएको छ । #अत्याधिक गर्मी #गर्मीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णयधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ५ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal