Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि


काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।

हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ । इरानी राष्ट्रपति चढेको हेलिकप्टर हिजो कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।

दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरिएको थियो । तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब छ । दुर्घटना वारजाघन शहर नजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।

राष्ट्रपनि रैसीले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर हिजो दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

Techie IT