Techie IT
२०८१ फागुन २२, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह


काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

Techie IT