Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति


काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।

राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन् ।

चीनको बसाईमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा, तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरू साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सात क्रुज पोर्टहरू, डालियान, लियानयुङ्गाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकहरूका लागि भिसा–मुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ ।

यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थानलाई सहज बनाउने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

Techie IT