काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान सुरु भएको हो ।
तेस्रो चरणअन्तर्गत आज भइरहेको निर्वाचनमा ११ राज्य र केन्द्र शासित क्षेत्र समेत ९३ सिटका लागि मतदान भइरहेको छ । तेस्रो चरणमा कुल एक दशमलव ८५ लाख मतदान केन्द्रमा १७ दशमलव २४ करोड मतदाताले मतदान गर्दै छन् । यसमा आठ दशमलव ८५ करोड पुरुष र ८ दशमलव ३९ करोड महिला मतदाता रहेका छन् ।
आज मतदान भइरहेका राज्यमा असम, विहार,छत्तीस–गढ, गोवा, गुजराज, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तरप्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली तथा दमन दीप रहेका छन् ।
भारतमा कुल सात चरणमा निर्वाचन हुँदैछ । अन्तिम चरणको लागि आउँदो जुन १ तारेखको मिति तोकिएको छ ।