गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ताब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता नेपालीपत्र सोमबार, २०८१ वैशाख २४ गते, ११:३० मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।स्थानीय प्रशासनका अनुसार शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका हुन् ।अझै वर्षाको सम्भावनाबीच करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन बाँच्न बाध्य छन् । बाढीका कारण करिब २५० सहर प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै ठाउँमा क्षति भएको छ ।बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ ।अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रे र यसको वरपरका क्षेत्रका सडक बाढीमा परिणत भएका छन् ।पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । #बाढी #ब्राजिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमाधेरै पढिएका खबर १ भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु २ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ५ रवि लामिछाने कारागार चलान ६ म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा ७ थापाको ‘आमा नभएको घर’ प्रकाशितThe Film Nepal