Techie IT
२०८१ माघ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकेजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश

केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश


काठमाडौँ । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए ।

सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए ।

अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

Techie IT