Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा ६०० इजरायली सैनिकको मृत्यु

गाजामा ६०० इजरायली सैनिकको मृत्यु


जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।

यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दवाब दिइरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

Techie IT