Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजाम्बियामा अक्टोबर यता हैजाका कारण ३६२ जनाको मृत्यु

जाम्बियामा अक्टोबर यता हैजाका कारण ३६२ जनाको मृत्यु


एजेन्सी । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म ९ हजार १५५ जना संक्रमित भएका छन् ।

हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताए ।

अन्य पहिलेका उपायहरूमा अस्वच्छ खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो । चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो ।

देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि

Techie IT