Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकृषि उत्पादकत्व बढाउन जम्मुकाश्मिरका लाखौँ किसानलाई तालिम

कृषि उत्पादकत्व बढाउन जम्मुकाश्मिरका लाखौँ किसानलाई तालिम


एजेन्सी । केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।

गत एप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेतीकिसानीसम्बन्धी समस्या हल गर्नु हो । समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकतासम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।

बीउबिजन, फलफूलखेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने  विषयसम्म अनि  पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धित सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकरीस्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो । किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।

कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीनदिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।

जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखको छ । सूचनाप्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।

काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्फत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्फत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।

आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT