Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियशिविरमै असुरक्षित भएपछि जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य रोहिङ्ग्या शरणार्थी

शिविरमै असुरक्षित भएपछि जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य रोहिङ्ग्या शरणार्थी


एजेन्सी । म्यानमारमा भएको निर्मम हिंसाबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीले छिमेकी देश बङ्गलादेशमा सुरक्षा पाउने आशा गरेका थिए, तर धेरैले भोकमरी, अपहरण र सामूहिक हिंसाबाट बच्न समुद्री जोखिमपूर्ण यात्रा गर्दै इन्डोनेशिया र मलेशियासम्मको यात्रा तय गर्ने गरेका छन् ।

दुई सन्तानकी आमाले दक्षिणपूर्वी बङ्गलादेशको एक अव्यवस्थित शिविरमा आफ्नो परिवारको पेट पाल्न सङ्घर्ष गर्नुपरेको कुरा गरिरहँदा नुर कायेसको आँखामा आँसु बग्छ ।

सन् २०१७ मा आफ्नो घरबाट भागेपछि शिविरमा बस्दै आएकी २७ वर्षीया उनले भने, “जब छिमेकीहरूले मेरा बच्चाहरूको अगाडि केही खान्छन्, उनीहरू रून थाल्छन् ।”

“म आफ्ना छोराछोरीको आँसु थाम्न सक्दिनँ । हामीहरूसँग खानेकुरा छैन । म दिनरात रुँदै बिताउँछु,” उहाँले एएफपीसँग भने ।

बङ्गलादेशमा राज्यविहीन र मुख्यतया मुस्लिम अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायका करिब १० लाख सदस्य छन्, जसमध्ये धेरै छ वर्षअघि म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेका थिए ।

तर अहिले सयौँले इन्डोनेशिया र मलेशियाको जोखिमपूर्ण यात्रा गरिरहेका छन् किनकि दर्जनौँ बङ्गलादेशी शिविरहरू प्रतिद्वन्द्वी सशस्त्र समूहहरूको लागि युद्धभूमि बनेका छन् जसले बस्तीहरूलाई लागूपदार्थ र मानिसहरूको तस्करीको लागि सुरक्षित स्थलको रूपमा प्रयोग गर्छन् ।

प्रहरीका अनुसार शिविरको सुरक्षा व्यवस्था बिग्रिएको छ र यस वर्ष ६० भन्दा बढी शरणार्थी युद्ध र लागूपदार्थसँग सम्बन्धित झडपमा मारिएका छन् । यहाँका शिबिरहरूमा फिरौतीका लागि अपहरणका घटनापनि ह्वात्तै बढेका छन् ।

२७ वर्षीय रोहिंग्या युवा कार्यकर्ता सैफुल अराकानीले भने, “रोहिङ्ग्या शिविरमा बस्दा आत्तिएका छन् । उनीहरू डाँकुहरूको हातमा आफ्नो ज्यान गुमाउन चाहँदैनन् ।” कायेसले आफ्नो छिमेकीको अपहरण भएको र आफू आफ्नो सुरक्षाको लागि डराएको बताए ।

“अपहरणकारीहरूले उहाँलाई सुतिरहेको बेला लगेका थिए”, कायेसले भने, “बन्दुकधारीहरूले छिमेकीको परिवारलाई उनीहरूको जीवनबचत हस्तान्तरण गर्न र उहाँको रिहाईका लागि एक हजार ३५० अमेरिकी डलरभन्दा बढी फिरौती तिर्न रकम सापट लिन बाध्य पारेका थिए ।”

“उहाँको परिवारले पाँच दिनमा पैसा जम्मा गरेर फिर्ता ल्यायो,” कायेसले भने, “मेरोे परिवारका सदस्य अपहरणमा परेमा मसँग फिरौती तिर्ने कुनै उपाय थिएन ।”

कायेसका पति फारुक रोहिङ्ग्यालाई शिविरबाहिर रोजगारीमा प्रतिबन्ध लगाउने बङ्गलादेशको आदेशको अवज्ञा गर्दै अवैध रूपमा डुङ्गा चालकको रूपमा काम गरेको आरोपमा जेलमा छन् । कायेसले आफूले जमानत प्राप्त गर्न मद्दत लिन वकिललाई भुक्तानी गर्न पनि सक्दैनन् ।

“मसँग मेरो परिवारको लागि दुई छाक खाने व्यवस्था गर्ने सम्पत्ति त केही छैन भने सेवाका लागि मैले कहाँबाट चार÷पाँच हजार टाका ९३५–४५ अमेरिकी डलर० निकाल्न सक्छु ?”

कायेसले पहिलेदेखि नै एक धनी शरणार्थी परिवारका लागि काम गर्नुहुन्छ, तर त्रिपाल र बाँसले बनेको आफ्नो आश्रयको लागि लिएको ऋण तिर्न संयुक्त राष्ट्रसङ्घको खाद्यान्न राशनको दुई तिहाई भाग लिनुपर्छ । शिविरभित्र सहायताको काम गर्ने केही बाहेक लगभग सबै शरणार्थीहरू आधिकारिक रूपमा बेरोजगार छन् ।

बङ्गलादेशको शरणार्थी आयोगका दुई जना अधिकारीले एएफपीलाई बताएअनुसार हजारौं रोहिङ्ग्या शरणार्थी शिविर छोडेर मछुवा, नुन किसान र निर्माण मजदुरको रूपमा काम खोज्न बाध्य भएका छन् ।

“स्थानीय रोजगार बजारमा उनीहरूको प्रवेशले स्थानीय श्रमिकहरूको माग घटाएको छ”, नाम नबताउने शर्तमा एक अधिकारीले भने, “स्थानीय समुदाय आक्रोशित छन् । तर के तपाईं यसलाई रोक्न सक्नुहुन्छ ?”

अराकानीले युवाहरूले ‘राम्रो र हिंसामुक्त जीवन’ चाहेको र इन्डोनेसिया र मलेसिया पुग्ने सपना देखेको बताए । उनले भने, “रोहिङ्ग्या युवाहरू शिविर छोडिरहेका छन् किनभने उनीहरू निराश छन् ।”

“तिनीहरूले जीवन जिउन कै लागि गरिने लामा र जोखिमयुक्त समुद्री मार्गमा आफ्नो मृत्य भएमा कुनै फरक नपर्ने तर भोक र गरिबीसँगै सधैँ जुधिरहन कठिन भएको बताउँछन्,” अराकानीले बताए ।

नोभेम्बरदेखि इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त आचेहको यात्रामा वृद्धि भएको छ जुन लगभग एक हजार ८०० किलोमिटर ९१,१२० माइल० को यात्रा हो । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले म्यान्मारमा सन् २०१७ को दमनपछिको सबैभन्दा ठूलो लहरमा हालैका केही महिनामा एक हजार ५०० भन्दा बढी आगमन भएको रिपोर्ट गरेको छ ।

शरणार्थी नेता मोहम्मद रहिमका अनुसार सयौं अविवाहित महिला र किशोरीहरू सम्पन्न पति पाउने आशामा ठूलो सङ्ख्यामा रोहिङ्ग्या समुदायको बसोबास रहेको मलेसिया जाने लाइनमा बसेका छन् ।

गत वर्ष आफ्नो एक मात्र छोरालाई मलेसिया पठाएका ५५ वर्षीय मोहम्मद इस्लामले भने, “जब उनीहरू जान्छन्, उनीहरूलाई आफ्नो जीवनको परवाह हुँदैन, उनीहरूलाई आफ्नो पेट पाल्ने चिन्ता हुन्छ ।”

“तिनीहरूमध्ये कोही डुङ्गामा मर्छन् र कोही–कोही समातिए भने जेल जान्छन् ।” तर मानव तस्करहरूले इन्डोनेसिया वा मलेसिया जाने जोखिमपूर्ण डुङ्गामा यात्रा गरेबापत ९०० देखि एक हजार ८०० अमेरिकी डलरसम्म लिने गरेका छन् ।

कायेसका लागि बङ्गलादेश छोडेर ‘राम्रो देश’ जानु सपना मात्र हो । “मसँग पर्याप्त पैसा भएको भए म पनि जान्थें,” उनले भने । एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुटिनको शर्तले जेलेन्स्कीलाई शंका

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति

युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

Techie IT