गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्युचीनमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु नेपालीपत्र मंगलबार, २०८० पुस ३ गते, ०७:५९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । गएराति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको छ ।भूकम्पको केन्द्रविन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल थियो । यद्यपि, अमेरिकी भूगर्भ सर्भेले भूकम्पको म्याग्निच्युड ५.९ रहेको जनाएको छ ।सीसीटीभीका अनुसार भूकम्पका कारण पानी र बिजुलीका तारमा ठूलो क्षति पुगेको छ । साथै यातायात र सञ्चार पनि बिग्रिएको छ । अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपीडितको जीवन र सम्पत्तिको रक्षा गर्न तथा पीडितका लागि उचित व्यवस्था गर्न उद्धार टोलीलाई सबै खोज तथा उद्धार कार्य गर्न अपिल गरेका छन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीएजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्युएजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमाएजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामाएजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ गाजामा इजरायली आक्रमण, २२ प्यालेस्टाइनीको मृत्युएजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागिधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal